Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट ३० हजार साउदी रियालसहित युवक पक्राउ

त्रिभुवन विमानस्थलबाट ३० हजार साउदी रियालसहित युवक पक्राउ

सोमवार , आषाढ १, २०८३

काठमाडौं । अवैध रूपमा विदेशी मुद्रा लिएर विदेश जान लागेका एक युवकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका–१० घर भएका १९ वर्षीय समिर बहादुर मगर रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा जाँचका क्रममा उनको साथबाट ३० हजार साउदी रियाल फेला परेको हो ।

उनी हिमालय एयरलाइन्स को उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका थिए। सुरक्षाकर्मीले शंका लागेपछि गरेको चेकजाँचमा ठूलो मात्रामा विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ ।

विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको छ। त्यसपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077