Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट ३१ लाखभन्दा बढी विदेशी मुद्रा बरामद, दुई बंगलादेशी नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट ३१ लाखभन्दा बढी विदेशी मुद्रा बरामद, दुई बंगलादेशी नागरिक पक्राउ

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका दुई बंगलादेशी नागरिक अवैध विदेशी मुद्रासहित पक्राउ परेका छन्।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार बाटिक एयरको उडानमार्फत काठमाडौंबाट मलेसिया प्रस्थान गर्ने क्रममा मोहम्मद इन्ताज अली र एमडी जाकिर होसेन लाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूको साथबाट मलेसियन रिंगेट, अमेरिकी डलर तथा नेपाली रुपैयाँ गरी कुल ३१ लाख ५१ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरिएको प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । 

बरामद रकम कानुनअनुसार घोषणा नगरी विदेश लैजान खोजिएको आशंकामा दुवै जनालाई पक्राउ गरिएको हो। थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनीहरूलाई राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077