Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

रामहरि श्रेष्ठ हत्या प्रकरण : सर्वोच्चले गर्‍यो आफ्नै फैसला पुनरावलोकन, बटालालाई जन्मकैद !

रामहरि श्रेष्ठ हत्या प्रकरण : सर्वोच्चले गर्‍यो आफ्नै फैसला पुनरावलोकन, बटालालाई जन्मकैद !

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा सर्वोच्च अदालतले आरोपी गोविन्दबहादुर बटालालाई जन्मकैदको सजाय सुनाएको छ ।

यसअघि सफाइ पाएको उक्त मुद्दामा सर्वोच्च अदालतले आफ्नो पुरानो फैसला पुनरावलोकन गर्दै बिहीबार बटालालाई दोषी ठहर गरेको हो ।

न्यायाधीशद्वय नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले उनलाई जन्मकैदको सजाय सुनाएको हो।

यसअघि २०७७ साउनमा सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई सफाइ दिएको थियो। तर महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि निवेदन दिएपछि मुद्दा पुनः सुनुवाइमा गएको थियो।

सर्वोच्चले अहिलेको फैसलामा बटालालाई जन्मकैद तोके पनि मुलुकी ऐन अनुसार १० वर्ष कैद भुक्तान गर्नुपर्ने ठहर गरेको छ।

यसअघि जिल्ला अदालत चितवनले उनलाई तीन वर्ष कैदको फैसला सुनाएको थियो भने पुनरावेदन अदालतले पनि सोही फैसला सदर गरेको थियो। बटालाले यसअघि नै करिब तीन वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन्।

घटनाअनुसार २०६५ सालमा रामहरि श्रेष्ठलाई नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकु शिविरमा लगिएको र त्यहीँ कुटपिटबाट उनको मृत्यु भएको थियो। पछि शव नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077