Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

फिफा विश्वकप प्रसारणमा कडाइ, ३५ वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

फिफा विश्वकप प्रसारणमा कडाइ, ३५ वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप फुटबलका खेलहरूको अनधिकृत प्रसारण रोक्नका लागि ३५ वटा वेबसाइट तथा मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले बिहीबार सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गर्दै ती प्लेटफर्महरू तत्काल बन्द गर्न निर्देशन दिएको हो।

सूचना तथा सञ्चार मन्त्रालयको पत्राचारका आधारमा प्राधिकरणले अनधिकृत रूपमा विश्वकप खेल प्रसारण गरिरहेका वेबसाइट तथा एपहरू पहिचान गरी सूचीअनुसार कारबाही अघि बढाएको जनाएको छ।

अधिकारीहरूका अनुसार यसअघि पनि विश्वकपजस्ता ठूला खेल प्रसारण हुँदा अनधिकृत स्ट्रिमिङका कारण इन्टरनेट ब्यान्डविथको अत्यधिक प्रयोग हुने र सेवा प्रदायकहरूले अतिरिक्त लागत व्यहोर्नुपर्ने समस्या देखिएको थियो ।

यसपटक पनि करोडौं रुपैयाँमा प्रसारण अधिकार लिएका आधिकारिक प्रसारकहरूले अनधिकृत प्लेटफर्ममार्फत हुने स्ट्रिमिङ रोक्न सरकारसँग माग गर्दै आएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077