Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

आज राति इरानमाथि भीषण आक्रमण गर्ने ट्रम्पको घोषणा

आज राति इरानमाथि भीषण आक्रमण गर्ने ट्रम्पको घोषणा

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले बिहीबार राति इरानमाथि अझ भीषण र घातक सैन्य आक्रमण गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्म‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले अमेरिकी सेनाको आगामी कारबाही “अझ कडा र निर्णायक” हुने दाबी गरेका हुन्।

उनले अमेरिकाले निकट भविष्यमा इरानको सम्पूर्ण तेल र ग्यास बजारमाथि पूर्ण नियन्त्रण स्थापित गर्ने रणनीतिक लक्ष्य पनि सार्वजनिक गरेका छन्।

ट्रम्पले यसअघि अमेरिकी हवाई आक्रमणमा इरानको नौसेना, वायुसेना, रडार र अन्य रक्षात्मक संरचना लगभग पूर्ण रूपमा नष्ट भइसकेको दाबीलाई पुनः दोहोर्‍याएका छन् ।

यसैबीच, यस हप्ता इरानले अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको र त्यसको बदलामा अमेरिकाले पनि प्रतिकारात्मक कारबाही जारी राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077