Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

रास्वपा कोशी प्रदेश सभापतिकी उम्मेदवार सरिनले छाडिन् पार्टी

रास्वपा कोशी प्रदेश सभापतिकी उम्मेदवार सरिनले छाडिन् पार्टी

बिहिवार , जेठ २८, २०८३

विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीकी कोशी प्रदेश कार्यवाहक सभापति गोमा तामाङ 'सरिन'ले राजनीतिबाट राजनीतिबाट बाहिरिएको घोषणा गरेकी छन् ।

कोशी प्रदेश अधिवेशनमा सभापतिकी उम्मेदवार समेत रहेकी तामाङले सामाजिक सञ्जालमार्फत राजनीतिबाट बाहिरिएको घोषणा गरेकी हुन् । 

रास्वपामा नयाँ नेतृत्वका लागि भएको यो अधिवेशनमा सरिनलाई बलियो दाबेदारका रूपमा हेरिएको थियो । तर, केन्द्रीय तहका नेताहरूले चुनावी मैदानमै चन्द्रबहादुर राईको पक्षमा खुलेर मत मागेका थिए । जसको मतदान स्थलमै उनले विरोध पनि गरेकी थिइन्।

उनले आफूलाई हराउन सांसदहरुले लागिपरेको भन्दै आफूलाई सैह्य नहुने चेतावनी दिएकी थिइन् ।

विवादपछि मतगणना नसकिँदै उनले सामाजिक सञ्जालमा मतादाताहरुप्रति धन्यवाद ज्ञापन गर्दै उनले पार्टीबाट मात्र नभइ राजनीतिबाटै सन्यास लिएको घोषणा गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा भनेकी छन्- 'आजबाट राजनीतिक बिट मारे । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ माननीय तृतीयज्यु र केन्द्रीय सदस्य ज्यु । धन्यवाद तपाईं चौथाज्युहरुलाई । सायद अनेक सेटिङ प्यानल बनाउन जानिन् मैले, यो कारण गुटबन्दीको घाउले पिरल्छ कोशिलाई भनेर । तर यो मेरो सोझो सिधापन आज दुखाइ भो सबैलाई। हजुरीको राजनीतिक गर्नै जानिन कमजोरी भो मेरो ।'

माथिको ह्वीप भन्दै आफूलाई हराएको उनको आरोप छ ।

कोशी प्रदेश सभापति पदमा निवर्तमान कार्यवहाक सभापति सरिनसँगै चन्द्रकुमार गौली, खगेन्द्र कटुवाल, चन्द्रबहादुर राईले उम्मेदवारी दिएका  थिए । मतगणनामा राईको जित सुनिश्चित भइसकेको छ ।

कुल ७०३ मत खसेकोमा राईले २८०, तामाङले १४१, गौलीले २७ र कटुवालले ४१ मत पाएका छन् ।

यस्तै गत फागुन २१ को चुनावमा सुनसरी क्षेत्र नं १ बाट रास्वपाले तामाङलाई उम्मेदवार बनाएको थियो । तर उनी श्रम संस्कृति पार्टीका हर्कराज राई ‘हर्क साम्पाङ’ सँग पराजित बनेकी थिइन् ।

उनले २७ हजार २ सय ४९ मत प्राप्त गर्दा हर्कले ३५ हजार ७ सय ४१ मत ल्याएर जित हासिल गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077