Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुम्बिनीका पाँच जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, पहिलो निर्वाचित महिला जिल्ला सभापतिमा शान्ता बुढा

लुम्बिनीका पाँच जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, पहिलो निर्वाचित महिला जिल्ला सभापतिमा शान्ता बुढा

आइतवार , जेठ २४, २०८३

दाङ,। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशअन्तर्गत पाँच जिल्लामा  नयाँ सभापति निर्वाचित भएका छन् ।

पार्टीको जिल्ला अधिवेशनमार्फत दाङ, रोल्पा, बर्दिया, गुल्मी र पाल्पामा नयाँ नेतृत्व नयाँ निर्वाचित भएका हुन् । 

दाङमा किरण खनाल, रोल्पामा बलराम थापा, बर्दियामा शान्ता बुढा क्षेत्री, गुल्मीमा हरिप्रसाद श्रेष्ठ र पाल्पामा विष्णुप्रसाद भण्डारी जिल्ला सभापतिमा चयन भएका छन्।

प्रदेश उपसभापति शालिकराम घिमिरेका अनुसार रोल्पा र पाल्पामा सहमतिका आधारमा र अन्य जिल्लामा निर्वाचन प्रक्रियाबाट सभापति छनोट गरिएका हुन् ।

प्रदेशका बाँकी छ जिल्लाको अधिवेशन नतिजा भोलिसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। रुकुम पूर्वमा भने जिल्ला अधिवेशन हुने वा नहुने विषय अझै अनिश्चित रहेको पार्टीले जनाएको छ।

पार्टीले आगामी जेठ २६ गतेदेखि प्रदेश अधिवेशन सुरु गर्ने तयारी गरेको छ। 

साथै राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने बाँकी १० जिल्लामा राष्ट्रिय महाधिवेशनपछि अधिवेशन गरिने योजना रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशन २०२६ आगामी असार ७ देखि ९ गते चितवनमा हुने तय भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077