काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदहरूलाई पार्टीको तल्लो तहका संरचनामा उम्मेदवारी दिन नपाउने व्यवस्था लागू गरेको छ ।
पार्टी निर्वाचन आयोगका अनुसार अब संघीय सांसदहरूले केवल केन्द्रीय तहका पदहरूमा मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् ।
नयाँ निर्णयअनुसार सांसदहरूलाई पालिका, निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश तहका समितिहरूमा उम्मेदवार बन्न रोक लगाइएको छ। यससँगै पार्टीभित्रको संगठनात्मक संरचना र भूमिकामा स्पष्ट विभाजन गर्ने प्रयास गरिएको बताइएको छ।
पार्टी स्रोतका अनुसार संघीय सांसदहरूलाई संसदीय भूमिका र केन्द्रीय नीति निर्माणमा केन्द्रित गराउन तथा संगठनभित्र जिम्मेवारी दोहोरो नपर्ने व्यवस्था सुनिश्चित गर्न यस्तो निर्णय गरिएको हो ।
यो व्यवस्था लागू भएसँगै रास्वपाका संघीय सांसदहरूको संगठनात्मक सहभागिता अब केवल केन्द्रीय स्तरमा सीमित हुने भएको छ।