काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन विभागको प्रमुखमा भुवन केसी चयन भएका छन् ।
रास्वपाको हालैको केन्द्रीय सचिवालय बैठकले काठमाडौंका केसीलाई केन्द्रीय निर्वाचन विभागको प्रमुखमा चयन गरेको हो ।
सोमबार बसेको सचिवालय बैठकले केसीलाई निर्वाचन विभागको प्रमुखमा मनोनयन गरिएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले केसीले पार्टीको विधान, नीति र सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधिबमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वास व्यक्त गरेका छन्।