Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारामा बैठकबाटै किन लखेटिए रास्वपाका प्रतिनिधिसभा सांसदहरु ?

बारामा बैठकबाटै किन लखेटिए रास्वपाका प्रतिनिधिसभा सांसदहरु ?

शनिवार , जेठ ९, २०८३

बारा । बारामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु बैठकबाटै लखेटिएका छन् । 

शनिबार बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा प्रतिनिधिसभाका केही सांसदहरु बैठक स्थलबाटै लखेटिएका हुन् ।

आज कलैयामा आयोजित बैठकमा विवाद बढ्दै जाँदा आक्रोशित कार्यकर्ताले केन्द्रबाट खटाइएका प्रतिनिधिहरूलाई बैठक स्थलबाट धक्का दिएर बाहिर निकालेका थिए ।

बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी भएका थिए ।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको जनाइएको छ ।

केही दिनअघि संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज भएपछि रास्वपा बारा जिल्लाभित्रको विवाद गहिरिएको हो ।

अनुशासन आयोगमा बारा जिल्लाबाट निर्वाचित चार जना सांसदहरूले स्वर्णकारविरुद्ध आर्थिक अनियमितता, पार्टी संगठन प्रभावकारी रूपमा सञ्चालन नगरेको तथा विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको लगायतका आरोपसहित उजुरी दिएका थिए।

सोहि आरोपका आधारमा पार्टीले कारबाही स्वरुप पार्टी साधारण सदस्यता खारेज गरेको थियो । त्यसपछि नयाँ समिति गठन गर्न केन्द्रबाट प्रतिनिधि खटाइएपछि विवाद सिर्जना भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077