Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मलेसियालाई हराएर समूह विजेता बन्ने लक्ष्यमा नेपाल

मलेसियालाई हराएर समूह विजेता बन्ने लक्ष्यमा नेपाल

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल आज मलेसियासँग खेल्दैछ ।

खेल सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार मध्याह्न १२ः१५ मा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जितसहित समूह विजेता बन्ने लक्ष्यमा हुनेछ ।

यस खेलबाट समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लाग्नेछ । खेल जित्ने टोली समूह विजेता तथा पराजित हुने टोली उपविजेता बन्नेछन् ।

पहिलो खेलमा दुवै टोलीले चीनलाई पराजित गरेका थिए । नेपाल २२१ रन र मलेसिया नौ विकेटले विजयी भएका थिए ।

नेपाल र मलेसिया दुवैले एसियन गेम्समा स्थान पक्का गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077