काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएका छन् ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण र उच्चस्तरीय राजनीतिक भेटघाटपछि नेपाल–भारत सम्बन्धलाई थप गति दिन परराष्ट्रमन्त्री खनालको भ्रमण हुन लागेका हुन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरकोको निमन्त्रणामा हुन लागेको भ्रमणमा दुई देशबीचको विकास सहकार्य, व्यापार, लगानी, पूर्वाधार, ऊर्जा तथा आपसी हितका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।
रास्वपा स्रोतका अनुसार सभापति लामिछाने स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत जाने तयारीमा छन् ।
भ्रमणका क्रममा उनले विदेशमन्त्री जयशंकरसँगै भारतीय वाणिज्यमन्त्री पीयूष गोयलललगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यसअघि भारत भ्रमणमा रहेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा भेटवार्ता गरेका थिए ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसअघि तय भएर स्थगित भएको परराष्ट्रमन्त्री खनालको भारत भ्रमणलाई पुनः तालिका मिलाएर अगाडि बढाउन लागिएको हो। यद्धपि मिति भने तय भएको छैन ।