Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोर्चुगलकी उप–विदेशमन्त्रीले गरिन् परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता

पोर्चुगलकी उप–विदेशमन्त्रीले गरिन् परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । पोर्चुगलकी उप–विदेशमन्त्री डा. आना इसाबेल जेभियरले आना इसाबेल जेभियर नेतृत्वको पोर्चुगलको उच्चस्तरीय प्रतिनिधिमण्डल र शिशिर खनालबीच बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

तीनदिने औपचारिक नेपाल भ्रमणमा रहेकी उप–विदेशमन्त्री जेभियर अमृतबहादुर राईको निमन्त्रणमा बुधबार काठमाडौं आइपुगेकी हुन्।

भेटका क्रममा मन्त्री खनालले १ अप्रिल २०२६ मा आफ्ना पोर्चुगिज समकक्षी पाउलो रंगेल सँग भएको टेलिफोन

संवाद स्मरण गर्दै काठमाडौंमा पोर्चुगलले कूटनीतिक नियोग (दूतावास) स्थापना गर्ने निर्णयको स्वागत गरेका थिए। उनले नियोग स्थापनाका लागि नेपाल सरकारबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, पोर्चुगलमा रहेका नेपाली नागरिकका कन्सुलर समस्या समाधानतर्फ सकारात्मक पहल भएकोमा मन्त्री खनालले आभार प्रकट गरे।

यसअघि बिहीबार बिहानै परराष्ट्र सचिव राई र उप–विदेशमन्त्री जेभियरबीच द्विपक्षीय भेटवार्ता भएको थियो। उक्त भेटमा नेपाल–पोर्चुगल सम्बन्धका विभिन्न पक्षहरूको समीक्षा गर्दै आपसी सहकार्य विस्तारका सम्भावनाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उप–विदेशमन्त्री जेभियर वैशाख १८ गते काठमाडौंबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077