Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी एलिसन हुकरबीच टेलिफोन वार्ता भएको छ ।

बिहीबार भएको वार्ताका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले बधाईका लागि आभार व्यक्त गर्दै नेपालको समग्र विकासमा निरन्तर सहयोग पुर्‍याएकोमा अमेरिकी सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

वार्ताका क्रममा मन्त्री खनालले वर्तमान सरकारले सुशासन, आर्थिक वृद्धि र विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै पूर्वाधार, ऊर्जा, पर्यटन तथा डिजिटल प्रविधिमा लगानी विस्तार गर्ने नीति अघि बढाइएको बताएका थिए ।

“पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत सुशासन र आर्थिक वृद्धि सरकारको प्राथमिकतामा छ,” मन्त्री खनालको भनाइ उद्धृत गर्दै मन्त्रालयले जनाएको छ ।

उपविदेशमन्त्री हुकरले नेपालको विकास प्राथमिकताको प्रशंसा गर्दै त्यस प्रक्रियामा अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता दोहोर्‍याएकी थिइन् ।

दुवै पक्षले नेपाल र संयुक्त राज्य अमेरिका बीचको आठ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, द्विपक्षीय सहकार्य तथा बहुपक्षीय साझेदारीका विषयमा समेत छलफल गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077