Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे के भन्छन् परराष्ट्रमन्त्री खनाल ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे के भन्छन् परराष्ट्रमन्त्री खनाल ?

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका छन् ।

नवौँ हिन्द महासागर सम्मेलनका क्रममा मौरिससमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सञ्चारकर्मीसँग कुराकानी गर्दै बालेन १३ चैतमा पदभार ग्रहण गरेलगत्तै मोदीले शुभकामना सन्देश पठाउँदा नै भ्रमणको निम्ता पठाएको र त्यसमा सरकारले सैद्धान्तिक सहमति जनाएको जानकारी दिएका हुन् ।

परराष्ट्रमन्त्री खनालका अनुसार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेन शाहलाई पठाएको बधाई सन्देशसँगै भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए, जसलाई प्रधानमन्त्री शाहले स्वीकार गरिसकेको उनले बताए ।

मन्त्री खनालले भने- 'भारतीय प्रधानमन्त्री  मोदीले दिएको निमन्त्रणालाई प्रधानमन्त्री बालेन शाहले स्वीकार गरिसक्नुभएको छ । दुई देशबीचको उच्चस्तरीय भ्रमण र द्विपक्षीय परियोजनाहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ ।'

द्विपक्षीय संयन्त्रमा छलफल गरेर उपयुक्त हुने गरी भ्रमणको मिति तय गरिने मन्त्री खनालले बताए। 

उनले थप भने- 'यो कुरा हिजो म र डा. जयशंकरबीच छलफल र समझदारी भयो। हामीले पहिले आन्तरिक प्राथमिकता तय गर्ने र त्यसका आधारमा उच्चस्तरीय भ्रमणहरू सुरु गर्ने भन्ने भयो।'

दुवै पक्षले भ्रमणबाट ठोस उपलब्धि हासिल गर्ने लक्ष्य राखेको उनले बताए।

मन्त्री खनाल भने भारतको विदेश मन्त्रालय, मोरिसस सरकार र इन्डिया फाउन्डेसनद्वारा आयोजित नवौं हिन्द महासागर सम्मेलन (आईओसी)मा सहभागी हुन त्यहाँ पुगेका छन्।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077