Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विचौलिया भट्टसँग जोडिएका सुधन गुरूङमाथिको छानविन अझै सकिएन, ५ दिन म्याद थप

विचौलिया भट्टसँग जोडिएका सुधन गुरूङमाथिको छानविन अझै सकिएन, ५ दिन म्याद थप

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समेत रहेको तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथिको छानविन समयमै नसकिएपछि  पाँच दिनको समय थपिएको छ ।

आज मंगलबारदेखि लागु हुनेगरी पाँच दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीले बताए ।

अध्यक्ष भण्डारीले पाँच दिन म्याद थप भएको पत्र प्राप्त भएको वानकारी गराउँदै अबको पाँच दिनभित्र छानबिन सकाएर प्रतिवेदन बुझाउने बताएका छन् । 

समितिले गुरुङसँग बयानसमेत लिइसकेको छ । बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।

मन्त्रिपरिषद्को बैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

समितिलाई दिइएको १५ दिनको समय दिइएको थियो । उक्त समय हिजो सोमबार सकिएको छ । आजबाट थप पाँच दिनको समय लागु भएको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा चैत १९ गते कठमाडौंबाट पक्राउ परेका विवादित व्यवसायी (विचौलिया) दीपक भट्टसँग व्यवसायिक साझेदार गरेको खुलेपछि गुरुङले आफूमाथि छानविनको माग गदे पदबाट राजिनामा दिएका थिए । 

भट्ट अहिले पनि प्रहरी हिरासतमै छन् । सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा सेयर देखिएको जस्ता विषय सार्वजनिक भएपछि ९ वैशाखमा गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । 

उनले बुझाएको सम्पत्ति विवरण, जग्गा, सुन लगायतका विषयमा अनेक टीकाटिप्पणी भएका थिए ।

राजीनामा दिँदै गुरुङले फेसबुकमा लेखेका थिए–‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् ।’

छानबिन समितिले निर्दोष ठहराए प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ गुरुङलाई नै पुनः गृहमन्त्री बनाउन्न चाहन्छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077