Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रश्नोत्तर सकिएसँगै संसदबाट हुइँकिए प्रधानमन्त्री बालेन

प्रश्नोत्तर सकिएसँगै संसदबाट हुइँकिए प्रधानमन्त्री बालेन

आइतवार , जेठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रतिनिधि सभा सदस्यहरुको प्रश्नको जवाफ दिएर सिधै संसदबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री बालेन आज एक्कासी प्रतिनिधि सभामा प्रश्नको जवाफ दिन आएका थिए ।

प्रधानमन्त्री बालेनले उनले प्रतिनिधि सभा बैठकमा हात उठाएर समय माग गरेका थिए । सोही अनुसार हरेक राजनीतिक दलका तर्फबाट एक–एक जनाले प्रश्न राखेका छन् ।

सांसदहरूसँगको प्रश्नोत्तर सकिएलगत्तै प्रधानमन्त्री बालेन संसद भवनबाट बाहिर बाहिरिएका हुन्। 

प्रधानमन्त्री बाहिरिएपछि एमालेका सांसद ऐन महर र श्रम संस्कृतिका ध्रुव राईले संसदीय मर्यादा विपरितको क्रियाकलाप गरेको आरोप लगाएका छन् ।

विरोधपछि सभामुख डोलप्रसाद अर्याल श्रम संस्कृतिका सांसद आरेन राईलाई भाषा सुधार्न र मर्यादित बनाउन ध्यानकर्षण गराएका छन् ।

सुरुमा प्रधानमन्त्री बालेन संसदको रोष्ट्रममा जवाफ दिन पुग्नासाथ कार्यसूची भन्दा बाहिर गएको भन्दै उनीहरुले विरोध जनाएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077