Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

आइतवार , जेठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले नेपालको विवादित भूभागबारे भारत र चीनका साथै इंग्ल्याण्डसँग पनि कुरा भएको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । 

उनले भने–‘भारत र चीनमात्रै नभइ इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं । उहाँहरू ब्रिटिश इन्डिया छाड्दैगर्दाको समस्या अहिलेसम्म भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

एमाले सांसद पद्मा अर्यालले नेपालको भूमि प्रयोग भारत र चीनले व्यापारिक मार्ग खोलेको विषयमा सरकारको धारणा मागेकी थिइन् । 

सोहीक्रममा प्रधानमन्त्री बालनले यसबारे नेपाल सरकारले भारतलाई डिप्लोमेटिक नोट पठाएको र भारतबाट त्यसको जवाफ पनि आइसकेको जानकारी दिए ।

उनले भने–‘त्यो जवाफमा दुवै सरकारले आफ्नो इतिहासविद् राखेर भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत समाधान गर्ने कुरा भएको छ ।’ 

उनले भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफूले पाएको बताए ।

प्रधानमन्त्री शाहले भने–‘तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । यो कुरा चाहिँ अँस्ती भर्खर मात्र थाहा पाइयो ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077