Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत

इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत

बिहिवार , जेठ २१, २०८३

एजेन्सी । इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति भएको छ ।

दक्षिणी लेबनानमा इरान संचालित हिजबुल्लाह समुह र इजरायली सेनाबीच भइरहेको लडाइँ अमेरिकाले रोक्न खोजिरहेको बेला यो सहमति भएको हो ।

अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले एक विज्ञप्ति जारी गर्दै यसको औपचारिक पुष्टि गरेको छ ।

अमेरिकी मध्यस्थतामा भएको यो युद्धविराम पूर्ण रूपमा सफल हुनका लागि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले आफ्ना सम्पूर्ण आक्रमणहरू रोक्नुपर्ने लगायतका कडा सर्तहरू राखिएका छन्।

गत बुधबार दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको थियो। त्यसको जवाफमा हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि गत अप्रिलमा भएको अस्थिर युद्धविरामको प्रयास संकटमा परेको थियो।

त्यसलगत्तै यो नयाँ सहमति सार्वजनिक भएको हो। सम्झौताअनुसार इजरायलको नियन्त्रणमा रहेको दक्षिण लेबनानको सीमा क्षेत्रदेखि लिटानी नदीसम्मको भूभागबाट हिजबुल्लाहका सम्पूर्ण लडाकुहरू पूर्ण रूपमा हट्नुपर्नेछ।

यस्तै, अमेरिकाको मार्गनिर्देशनमा लेबनानमा केही विशेष पाइलट जोनहरू निर्माण गरिनेछ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077