Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलद्धारा गाजातर्फ जाँदै गरेका राहत डुंगा नियन्त्रणमा

इजरायलद्धारा गाजातर्फ जाँदै गरेका राहत डुंगा नियन्त्रणमा

शुक्रवार , बैशाख १८, २०८३

एजेन्सी । गाजातर्फ राहत सामग्री लिएर जाँदै गरेको ग्लोबल सुमूद फ्लोटिला (जीएसएफ) का २२ वटा डुङ्गाहरूलाई इजरायली सेनाले ग्रीसको क्रेट टापु नजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रमा रोकेर नियन्त्रणमा लिएको छ ।

प्यालेस्टाइन समर्थक अभियन्ताहरूले उक्त कदमलाई ‘डकैती’को संज्ञा दिँदै कडा विरोध जनाएका छन् । आयोजकहरूका अनुसार गाजाबाट करिब ९६५ किलोमिटर टाढा रहेका नागरिक अभियन्ताहरूलाई इजरायलले गैरकानूनी रूपमा हिरासतमा लिएको हो।

इजरायली विदेश मन्त्रालयले भने उक्त अभियानलाई ‘पीआर स्टन्ट’ (प्रचारवाजी) भन्दै करिब १७५ जना अभियन्तालाई नियन्त्रणमा लिइएको पुष्टि गरेको छ।

इजरायली विदेशमन्त्री गिडियन सारले हिरासतमा रहेका व्यक्तिहरूलाई बिहीबार ढिलो गरी ग्रीसको एक समुद्री तटमा उतारिने जानकारी दिएका छन्।

जीएसएफका अनुसार फ्लोटिलामा रहेका बाँकी ३६ डुङ्गामध्ये अधिकांश अहिले क्रेटको दक्षिणी तट नजिकै रोकिएका छन्।

यो अभियान करिब दुई हप्ताअघि स्पेन, फ्रान्स र इटालीबाट सुरु भएको थियो, जसमा कुल ५८ जहाज सहभागी थिए।

अभियानको मुख्य उद्देश्य गाजामा लामो समयदेखि जारी इजरायली समुद्री नाकाबन्दी तोड्दै राहत सामग्री पुर्‍याउनु रहेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077