Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लेबनान–इजरायलबीच १० दिने युद्धविराम

लेबनान–इजरायलबीच १० दिने युद्धविराम

शुक्रवार , बैशाख ४, २०८३

एजेन्सी । मध्यपूर्वमा लामो समयदेखि जारी तनावबीच लेबनान र इजरायल १० दिनको अस्थायी युद्धविराममा सहमत भएका छन्। यो सहमति बिहीबार रातिदेखि लागू भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले सामाजिक सञ्जालमार्फत घोषणा गर्दै ३४ वर्षपछि भएको औपचारिक वार्ताको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

उनका अनुसार यो अवधिलाई दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’ का रूपमा हेरिएको छ। यदि उल्लंघन नभए स्थायी शान्तिको मार्ग खुल्ने अपेक्षा गरिएको छ।

ट्रम्पले जोसेफ औन र बेन्जामिन नेतन्याहू सँग सकारात्मक वार्ता भएको उल्लेख गर्दै “यो मेरो १०औँ युद्ध समाधान हुनेछ” भन्ने दाबी समेत गरेका छन्। साथै उनले दुवै देशका नेतालाई ह्वाइट हाउसमा निमन्त्रणा गर्ने बताएका छन्।

यसअघि वासिङ्टन डीसीमा दुवै देशका प्रतिनिधिबीच भएको भेटवार्ता सन् १९८३ पछिको पहिलो महत्त्वपूर्ण प्रत्यक्ष संवाद मानिएको छ।

राष्ट्रपति औनले ट्रम्पलाई धन्यवाद दिँदै क्षेत्रीय स्थायित्वका लागि प्रयास जारी राख्ने बताएका छन्। उनले लेबनानलाई दीर्घकालीन शान्तितर्फ लैजान प्रतिबद्धता व्यक्त गरेका छन्।

यता लेबनान सरकारले हिजबुल्लाहलाई शान्तिपूर्वक हतियार त्याग्न मनाउने प्रयास भइरहेको जनाएको छ। हिजबुल्लाहका नेता हसन फदलल्लाहले भने इजरायलले शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्ने वा नरोक्ने आधारमा आगामी कदम तय हुने स्पष्ट पारेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077