Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रास्वपा काठमाडौंको सभापतिमा शाक्य निर्वाचित

रास्वपा काठमाडौंको सभापतिमा शाक्य निर्वाचित

आइतवार , जेठ २४, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्। पार्टीको प्रथम जिल्ला अधिवेशनबाट शाक्य बहुमतसहित जिल्ला सभापतिमा चयन भएका हुन्।

निर्वाचन समितिका अनुसार कुल ५२८ मतदातामध्ये ४३८ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ४३३ मत सदर र ५ मत बदर भएको थियो।

सभापति पदमा राजा शाक्यले २५१ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी सुरेश सापकोटाले १८२ मत प्राप्त गरे।

त्यस्तै उपसभापतिमा रवीन्द्र गौतम निर्वाचित भएका छन्। उनले २१६ मत प्राप्त गर्दै स्वयम्बर खड्कालाई ५ मतको अन्तरले पराजित गरे। खड्काले २११ मत प्राप्त गरेका थिए।

सचिव पदमा सन्तमान महर्जनले २९७ मत प्राप्त गरी विजय हासिल गरे भने उनका प्रतिस्पर्धी रमेश न्यौपानेले १३१ मत प्राप्त गरे।

सहसचिव पदमा सौरभ बस्नेत ३२५ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी गणेश थापाले ९५ मत प्राप्त गरे।

त्यस्तै सदस्य पदका लागि भएको निर्वाचनमा सम्शेर बहादुर श्रेष्ठ (१८२ मत), केदार प्रसाद रैला (१६६ मत) र बलराम कार्की (२३६ मत) निर्वाचित भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077