Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओमानले नेपाललाई दियो ९५ रनको लक्ष्य

ओमानले नेपाललाई दियो ९५ रनको लक्ष्य

आइतवार , जेठ २४, २०८३

काठमाडौं । ओमानले एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । 

सिंगापुर नेस्नल क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले कसिलो बलिङ गर्दै ओमानलाई ९४ रनमा अलआउट गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो ।

ओमानका कप्तान सफ्यान मेहमुदले ३८, जुबैर अल बलुशीले २२ र  अब्दुल जाइलले १६ रन बनाए ।

नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट हात पर्दा शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

अहिले नेपाल जवाफी ब्याटिङ गरिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077