Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एसीसी महिला प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै

एसीसी महिला प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै

शनिवार , जेठ २३, २०८३

काठमाडौं । एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । 

मलेसियामा जारी खेल दिउँसो पौने १२ बजे शुरु हुनेछ । 

समूह ‘डी’ मा रहेका नेपाल र हङकङ दुवै क्वाटरफाइनलमा पुगिसकेका छन् ।

आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । 

यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले र दोस्रो खेलमा भुटानलाई ५१ रनले हराएको थियो ।

हङकङले पनि कतारलाई ८३ रनले र भुटानलाई १४ रनले हराएको थियो ।

कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन् । प्रतियोगितामा १८ देश सहभागी छन् ।

प्रिमियर कपमा सेमिफाइनल पुग्ने शीर्ष चार टोलीहरू एसिया कपका लागि छनोट हुनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077