Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुशलको उत्कृष्ट ब्याटिङमा नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य

कुशलको उत्कृष्ट ब्याटिङमा नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ । 

बिहीबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २७५ रन बनाएको हो ।

कुशलले १२६ रनको उत्कृष्ट इनिङ खेले । ५४ बलको सामना गरेका उनले १४ चौका र आठ छक्का प्रहार गरे । 

आसिफ शेखले ६८ रनको इनिङ खेले । उनले २४ बलमा सात छक्का र पाँच चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ३१, सन्दीप जोराले १५ र लोकेश बमले १० रन जोडे । 

कुशलले पहिलो विकेटका निम्ति आसिफ शेखसँग १३४ र तेस्रो विकेटका लागि दीपेन्द्रसँग ५१ रनको साझेदारी गरेका थिए । 

मलेसियाका वीरनदीप सिंहले तीन विजय उन्नी र कप्तान सयद अजिजले दुईरदुई विकेट लिए । 

यो खेल अगाडि नै नेपाल र मलेसिया आगामी सेप्टेम्बरमा हुने २० औं एसियाली खेलकुदमा छनोट भैसकेका छन्।

पहिलो खेलमा दुवै टोलीले चीनलाई हराएका थिए । नेपालले २२१ रनले पराजित गरेको थियो । मलेसिया नौ विकेटले विजयी भएको थियो । मलेसियाबीचको आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ, जसका आधारमा सेमिफाइनलको समीकरण तय हुनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077