Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्द्रीय पदाधिकारीसहित एकैपटक १८३ जनाले छोडे राप्रपा, पार्टी अध्यक्ष गलत बाटोमा हिँडेको आरोप

केन्द्रीय पदाधिकारीसहित एकैपटक १८३ जनाले छोडे राप्रपा, पार्टी अध्यक्ष गलत बाटोमा हिँडेको आरोप

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी परित्याग गरेका छन् ।

आज सामूहिक विज्ञप्ति जारी गर्दै महामन्त्री डा.धवलशमशेर राणा पक्षधर नेता कार्यकर्ताले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् । 

परित्याग गर्नेहरुमा शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायत रहेका छन् ।

यसैगरी पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत रहेका छन् ।

लामो समयदेखि पार्टीभित्र बढिरहेको विवादकाबीच एक विज्ञप्ति जारी गर्दै केही दिनअघि राणाले पनि आफू राप्रपामा नरहेको घोषणा गरेका थिए ।

उनले पनि राप्रपालाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्दा  विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँडाउने क्रमले पार्टी जनताबाट दण्डित भएको बताएका थिए ।

साथै विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आउँदो बाटो तय गर्ने निश्चय गरेको जानकारी गराएका थिए ।

केही समयदेखि राप्रपाभित्र आन्तरिक विवाद चुलिँदो छ । अध्यक्ष राजेन्द्र लिङ्देनको हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् ।

aa.webp

bb.webp

cc.webp

dd.webp

ee.webp

ff.webp

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077