Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

बिहिवार , जेठ २१, २०८३

काठमाडौं।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १३.४६ अंकले घटेको छ। 

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.४८ प्रतिशतले घटेको नेप्से २७६६.७८ विन्दुमा रोकिएको हो।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। नेप्सेमा बिहीबार ३५३ कम्पनीको ५१ हजार ६०१ पटकको कारोबारमा एक करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर किनबेच भए। जसअनुसार चार अर्ब ७० करोड ३३ लाख २६ हजार ९४५ रुपैयाँको कारोबार भयो।

नेप्सेमा बुधबार पाँच अर्ब ७३ करोड ८१ लाख ७८ हजार १६५ रुपैयाँको कारोबार भएको थियो। 

नेप्सेमा आज ६३ कम्पनीका सेयरमूल्य मात्र बढे। १९८ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा आठ कम्पनीका सेयरमूल्य स्थिर रहे। १३ समूहका कारोबार भएकामा म्युचुअल फन्डबाहेक सबै १२ समूहका सूचक राताम्मे बने।

जसअनुसार वाणिज्य बैंक ०.०३‚ विकास बैंक ०.४४‚ फाइनान्स ०.२३‚ होटेल तथा पर्यटन १.०७‚ जलविद्युत् ०.५१‚ लगानी ०.४६‚ जीवन बिमा ०.४६‚ उत्पादन तथा प्रशोधन ०.५३ र लघुवित्त समूहको सूचक ०.१८ प्रतिशतले ओरालो लागे। म्युचुअल फन्ड समूहको सूचक ०.३२ प्रतिशतले बढ्दा निर्जीवन बिमा १.२०‚ अन्य ०.७५ र व्यापार समूहको उपसूचक १.७१ प्रतिशले घट्यो।

कालिन्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गर्दा एसबीएल डिबेन्चरका लगानीकर्ताले १०.४८ प्रतिशतले सेयरमूल्य गुमाए। कारोबार रकमका आधारमा आज ईबीएल डिबेन्चर अग्रस्थानमा रह्यो। यसको ३४ करोड एक लाख ५३ हजार ७४ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि आँखुखोला नै अगाडि रह्यो। यसको सात लाख ४७ हजार ७०० कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४४२ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077