काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा दुई सय रुपैयाँले घटेर ३ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार सुन ३ लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ८५ रुपैयाँले घटेर तोलामा ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी तोलामा ५ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।