Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैदिन २० हजार ५ सयले बढ्यो सुन

एकैदिन २० हजार ५ सयले बढ्यो सुन

आइतवार , जेठ १७, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा व्यापक बढेको छ। 

आज सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। 

यसअघि गत जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ। 

यसअघि जेठ १५ गते चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो। 

सरकारले आगामी आर्थिक वर्षका लागि सुनचाँदीको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको प्रत्यक्ष असर बजारमा देखा परेको हो । 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077