Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा छाड्दै धवलशमशेरले भने- पार्टी नेतृत्व वाधक बन्दा हामीले घर छोड्नुपर्ने अवस्था आयो

राप्रपा छाड्दै धवलशमशेरले भने- पार्टी नेतृत्व वाधक बन्दा हामीले घर छोड्नुपर्ने अवस्था आयो

बिहिवार , जेठ २१, २०८३

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा गर्दै महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीलाई सही दिशामा लैजान आफूले भरपुर प्रयास गरेपनि पार्टी नेतृत्व वाधक बनेको आरोप लगाएका छन् ।

बिहीबार आफूपक्षीय १८३ जना नेताहरूले सामूहिक रूपमा राजीनामा दिएपछि आयोजित भेलामा बोल्दै राणाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै आफूहरूलाई पार्टी छोड्न बाध्य बनाएको आरोप लगाएका हुन् ।

करिब पाँच वर्षअघि राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउन आफूले निर्णायक भूमिका खेलेको स्मरण गर्दै उनले भने- 'पाँच वर्ष पहिले राजेन्द्र लिङ्देनलाई अंगालो मारेर अध्यक्ष बनाएका थियौँ । तर दुःखका साथ आज हामीले घर नै छोड्नुपर्ने अवस्था आयो ।' 

उनले पार्टीभित्र आफूहरूले बोकेको विचार, मूल्य र एजेण्डालाई अगाडि बढाउन नसकिएकै कारण नयाँ राजनीतिक यात्रा शुरु गर्नुपर्ने निष्कर्षमा पुगेको बताए ।

उनले थप भने- 'यो चार वर्ष मेरो राजनीतिक जीवनको सबैभन्दा दुःखी भयो । मैले राप्रपालाई सही र एजेण्डा प्राप्तिको बाटोमा लग्न खाजेको थिएन कि रु आन्दोलनको नेतृत्व गरेको थिएन कि रु पार्टीलाई सुधारेर राष्ट्रकै पहिलो पार्टी बनाउन खोजेको थिइन कि, तर ती सबै मेरा प्रयासहरुलाई अगाडि बढ्न दिएनन् ।'

उनले पछिल्ला चार वर्षलाई आफ्नो राजनीतिक जीवनकै सबैभन्दा चुनौतीपूर्ण र असन्तोषजनक अवधि रहेको उल्लेख गरे।

महाधिवेशन प्रक्रिया अगाडि बढाउन नेतृत्वले आवश्यक चासो नदिएको आरोपसमेत उनले लगाएका छन्।

यसैबीच नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका राणाले यसअघि यसै साता एक विज्ञप्ति जारी गर्दै राप्रपा परित्याग गरेको घोषणा गरेका थिए। 

पार्टी छाडेसँगै नयाँ राजनीतिक अभियानमा सक्रिय भएका राणासँगै राप्रपाका केही नेता तथा कार्यकर्ताले पनि पार्टी त्याग गरी उनको अभियानमा सहभागी हुँदैछन् । त्यसैकारण महामन्त्री डा. राणाको नेतृत्वमा आज १८३ जना नेताहरुले राप्रपाबाट सामूहिक राजीनामा घोषणा गरेका छन् । 

यद्यपी नयाँ पार्टीको नाम, संरचना र आगामी कार्यदिशाबारे भने विस्तृत सार्वजनिक गरिएको छैन। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077