काठमाडौं। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १.०३ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.०३ प्रतिशतले घटेको नेप्से २७३०.९१ विन्दुमा रोकिएको हो।
आज नेप्सेमा ३३९ कम्पनीको ४३ हजार ३०९ पटकको कारोबारमा ५८ लाख २८ हजार ६०४ कित्ता सेयर किनबेच भए। जसअनुसार दुई अर्ब ४५ करोड आठ लाख ७८ हजार ४४९ रुपैयाँको कारोबार भयो।
सेयर बजारमा आज ११९ कम्पनीका सेयरमूल्य बढे। १३२ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १८ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा पाँच समूहका सूचक बढे भने आठ समूहका सूचक ओरालो लागे।
जसअनुसार वाणिज्य बैंक ०.१४‚ विकास बैंक समूहको सूचक १.३७ प्रतिशतले बढ्यो। फाइनान्स ०.०१ र होटेल तथा पर्यटन समूहको सूचक ०.२३ प्रतिशतले घट्यो।
यसैगरी जलविद्युत् ०.१६ र लगानी समूहको सूचक ०.०९ प्रतिशतले बढ्यो। जीवन बिमा ०.०७‚ उत्पादन तथा प्रशोधन ०.५८‚ लघुवित्त ०.२४‚ म्युचुअल फन्ड ०.१३ र निर्जीवन बिमा समूहको सूचक ०.६९ प्रतिशतले घट्यो।
यस्तै अन्य समूहको सूचक ०.३१ प्रतिशतले बढ्दा व्यापार समूहको उपसूचक ०.४८ प्रतिशतले घट्यो।
नेप्सेमा आज इङ्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ८.४२ प्रतिशतले आम्दानी गरे। यसैगरी निफ्रा ऊर्जा ऋणपत्रका लगानीकर्ताले ५.२६ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा सहास ऊर्जा लिमिटेड अग्रस्थानमा रह्यो। आज सहासको आठ करोड ४३ लाख ८९ हजार ८६० रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रह्यो। सोमबार यसको एक लाख ८७ हजार ३७२ कित्ता सेयर किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २८१ रुपैयाँ कायम रह्यो।