काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.७३ अंकले घटेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा ०.२० प्रतिशतले घटेको नेप्से २७३८.७२ विन्दुमा अडिएको हो।
नेप्सेमा बिहीबार ३४६ कम्पनीको ८० हजार ४२७ पटकको कारोबारमा एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार चार अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ रुपैयाँको कारोबार भयो।
बुधबार भने चार अर्ब ९८ करोड ६३ लाख तीन हजार ३१३ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज ९८ कम्पनीका मात्र सेयरमूल्य बढे। १६१ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १० कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा दुई समूहका उपसूचक मात्र बढे भने बाँकी ११ समूहका उपसूचक घटे।
जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक ०.०२ प्रतिशतले बढ्दा विकास बैंक ०.४८‚ फाइनान्स ०.२०‚ होटेल तथा पर्यटन ०.०४‚ जलविद्युत् ०.४०‚ लगानी ०.४२ र जीवन बिमा समूहको उपसूचक ०.२६ प्रतिशतले घट्यो।
यस्तै उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.८४ प्रतिशतले बढ्यो। लघुवित्त ०.३४‚ म्युचुअल फन्ड ०.५२‚ निर्जीवन बिमा ०.०२‚ अन्य ०.९७ र व्यापार समूहको उपसूचक ०.६३ प्रतिशतले घट्यो।
श्रीनगर एग्रोटेक इन्डस्ट्रिजका लगानीकर्ताले १२.५७ प्रतिशतले आम्दानी गरे। यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले १०।३८ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। आज रिलायन्सको २६ करोड ७५ लाख ६८ हजार ४९० रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड। बिहीबार यसको ६ लाख ६९ हजार ७३० कित्ता सेयर किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २९६ रुपैयाँ कायम रह्यो।