Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से १०.०७ अंकले घट्यो‚ कारोबार भने बढ्यो

नेप्से १०.०७ अंकले घट्यो‚ कारोबार भने बढ्यो

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं। बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १०.०७ अंकले घटेको छ। 

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.३६ प्रतिशतले घटेको नेप्से २७३०.१७ विन्दुमा रोकिएको हो। 

आजको दिनमा नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।

नेप्सेमा आज ३३७ कम्पनीको ४६ हजार ४०२ पटकको कारोबारमा ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर किनबेच भए। जसअनुसार तीन अर्ब २९ करोड दुई लाख ४४ हजार ६१९ रुपैयाँको कारोबार भयो।

बुधबार दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको थियो ।

आज ८० कम्पनीका सेयरमूल्य मात्र बढे। १७४ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १४ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहको कारोबार भएकामा तीन समूहका सूचक मात्र बढे भने बाँकी १० समूहका उपसूचक राताम्मे बने।

जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक ०.०६‚ विकास बैंक ०.५३‚ फाइनान्स ०.७२‚ होटेल तथा पर्यटन ०.३०‚ जलविद्युत् ०.२५‚ लगानी ०.२६ प्रतिशतले घटे। जीवन बिमा समूहको सूचक ०.०१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह ०.५२ र लघुवित्त समूहको उपसूचक ०.२१ प्रतिशतले घट्यो।

यसैगरी म्युचुअल फन्ड समूहको उपसूचक ०.०८ प्रतिशतले बढ्दा निर्जीवन बिमा ०.५१ र अन्य समूहको सूचक २ प्रतिशतले घट्यो। यस्तै व्यापार समूहको उपसूचक भने ०.३२ प्रतिशतले बढ्यो।

नेप्सेमा आज युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.७९ प्रतिशतले आम्दानी गरे भने एसियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९।८९ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रह्यो। आज हिमालयनको ३७ करोड ६८ लाख २६ हजार ४८८ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज एमबीएल इक्विटी फन्ड अगाडि रह्यो। बिहीबार यसको ६ लाख ४२ हजार ५५० युनिट सेयर किनबेच भयो। एमबीएलको अन्तिम कारोबार मूल्य भने प्रतियुनिट १०।१० रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077