Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजपनि ३४ अंकले घट्यो नेप्से

आजपनि ३४ अंकले घट्यो नेप्से

सोमवार , बैशाख २१, २०८३

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ ।

साताको कारोबारको पहिलो दिन ३४.६३ अंकले घटेर दुई हजार ७०४.०८ बिन्दुमा कायम भएको हो। यो एक दशमलव २६ प्रतिशतको गिरावट हो।

आज ३४१ कम्पनीको एक करोड ७४ हजार ५२४ कित्ता शेयर ६८ हजार ६३५ पटक खरिद बिक्री हुँदा चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा लघुवित्त समूह सामान्य अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ शून्य दशमलव ८६, विकास बैंक दुई दशमलव १४, वित्त शून्य दशमलव ९६, होटल तथा पर्यटन एक दशमलव ३५, जलविद्युत् दुई दशमलव २३ र लगानी एक दशमलव ३६ प्रतिशतले घटेको छ।

त्यस्तै, जीवन बीमा शून्य दशमलव ४९, उत्पादन तथा प्रशोधन दुई दशमलव दुई दशमलव ५४, म्युचुअल फन्ड शून्य दशमलव ६२, निर्जीवन बीमा शून्य दशमलव ९३, व्यापार एक दशमलव ३८ र अन्य समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077