Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ५१ रनले हरायो

एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ५१ रनले हरायो

बिहिवार , जेठ २१, २०८३

काठमाडौ।  नेपालले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा भुटानलाई ५१ रनले पराजित गरेको छ । 

बिहीबार मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा टस हारेर ब्याटिङमा नेपालले दिएको ११४ रहेको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्रै जोड्न सक्यो ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले खराब प्रदर्शन गर्दै ६७ रनमा ७ विकेट गुमाएको थियो । अनुभवी जोडी सीता रानामगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि ४० रनको साझेदारी गरेपछि नेपाल सम्हालियो । सीताले २८ बलमा ३७ रन बनाएर नेपाललाई उकासेकी थिइन् । रुबिनाले २१ बलमा २४ रन जोडेर आउट भइन् ।

जवाफी ब्याटिङमा भुटानका लागि डेचेन वाङ्मोले ६९ बलमा ३९ रन बनाएर संघर्ष गरिन् । अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।

नेपालका लागि रुबिनाले १५ रन खर्चेर तीन विकेट लिइन् । रिया शर्माले २० रन खर्चेर २ विकेट हासिल गरिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो ।

नेपालले बुधबार पहिलो खेलमा कतारलाई हराएको थियो । अब अर्को खेलमा नेपालले शनिबार हङकङसँग खेल्न

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077