Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भ्रमणको निम्तो दिइएको छ । 

पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

बुधबार सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको थियो । 

सोही क्रममा सभापति लामिछानेले नेपाल भ्रमणका लागि निम्तो दिएको भ्रमण दलमा सहभागी एक अधिकारीले बताए ।

जवाफ प्रधानमन्त्री मोदीले पनि आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपालको भ्रमण गर्ने बताएका छन् ।

भ्रमण दलमा सहभागी अधिकारीहरूका अनुसार प्रधानमन्त्री मोदीको यो भ्रमणका लागि अब नेपाल सरकारका तर्फबाट आधिकारिक निमन्त्रणा पठाउने तयारी भइरहेको छ ।

यसअघि प्रधानमन्त्री शाह नियुक्त हुनासाथ मोदीले भारत भ्रमणका लागि निम्तो पठाएका थिए । जसलाई प्रधानमन्त्री शाहले स्वीकार पनि गरेका थिए । तर, प्रधानमन्त्री बालेनले आफ्नो कार्यकालको पहिलो वर्ष विदेश भ्रमण नगर्ने नीति लिएका कारण हाल उनको भारत भ्रमण हुन सकेको छैन ।

प्रधानमन्त्री मोदीले विगतमा चार पटक नेपालको सफल भ्रमण गरिसकेका छन् । सन् २०१४ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निम्तोमा पहिलोपटक आएका मोदीले त्यसपछि सार्क सम्मेलन, जनकपुर र पछिल्लो पटक २०२२ मा लुम्बिनीको भ्रमण गरेका थिए ।

गत सोमबार सोमबार सभापति लामिछाने नेतृत्वको टोलीलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले स्वागत गरेका थिए।

मंगलबार भाजपा कार्यालयमा बाजागाजा र पुष्पवर्षासहित भव्य स्वागत गरिएको थियो । सोही क्रममा भाजपा अध्यक्ष नितिन नवीनसँग सभापति लामिछानेले दुई पक्षीय भेटवार्ता गरेका थिए ।

यसैगरी लामिछानेले भारतका विदेश मन्त्री डा. एस जयशंकर र भारतीय गृहमन्त्री अमित शाहसंग पनि भेटवार्ता गरेका थिए ।

भेटका क्रममा नेपाल-भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुवै देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका सम्भावनाबारे विचार-विमर्श भएको छ।

फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले भएको यो पहिलो विदेश भ्रमण हो ।

टोलीमा लामिछाने पत्नी निकिता पौडेलसहित स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077