Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा सभापति लामिछानेले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेट गर्दै

रास्वपा सभापति लामिछानेले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेट गर्दै

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्चस्तरीय भेटवार्ता सुरु गर्दैछन् ।

पाँचदिने भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका लामिछानेले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्।

भेटका क्रममा नेपाल-भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुवै देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका सम्भावनाबारे विचार-विमर्श हुने अपेक्षा गरिएको छ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा गएका सभापति लामिछानेलाई आज भाजपा कार्यालयमा बाजागाजा र पुष्पवर्षासहित भव्य स्वागत गरिएको थियो ।

मुख्यालयको अवलोकन गरेपछि भाजपा अध्यक्ष नितिन नवीनसँग सभापति लामिछानेले दुई पक्षीय भेटवार्ता गरेका थिए ।

सोमबार सभापति लामिछाने नेतृत्वको टोलीलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले स्वागत गरेका थिए।

फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुन लागेको यो पहिलो विदेश भ्रमण हो ।

लामिछानेको भ्रमण टोलीमा लामिछाने पत्नी निकिता पौडेलसहित स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा छन् । 

यसैगरी भारत भ्रमणमा रहेका लामिछानेले भारतका विदेश मन्त्री डा एस जयशंकरसँग भेट गर्ने तय भएको छ ।

साथै लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि भेट हुन सक्ने स्रोतले बताएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077