Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय विदेशमन्त्री जयशंकरले भने - रवि लामिछानेलाई भेट्न पाउँदा खुशी लाग्यो

भारतीय विदेशमन्त्री जयशंकरले भने - रवि लामिछानेलाई भेट्न पाउँदा खुशी लाग्यो

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका विदेशमन्त्री एस जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल–भारत विकास साझेदारी, दुई देशबीचको जनस्तरको सम्बन्ध तथा आपसी सहकार्यका विविध विषयमा छलफल भएको बताइएको छ।

दुवै पक्षले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास र समृद्धिको साझा लक्ष्य हासिल गर्न जनस्तरका सम्बन्धहरूको महत्वपूर्ण भूमिका रहनेमा जोड दिएका छन्।

भारतीय विदेशमन्त्री जयशङ्करले भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रास्वपा सभापति लामिछाने तथा उनको प्रतिनिधिमण्डलसँग भेट गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले नेपाल र भारतबीचको विकास साझेदारी तथा जनता–जनताबीचको सम्बन्धले द्विपक्षीय सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेको हो। भ्रमणलाई नेपाल–भारत सम्बन्ध, राजनीतिक अनुभव आदानप्रदान तथा आपसी सहकार्य विस्तारको अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077