काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार साँझ नयाँदिल्लीमा शाहसँग भेट गरेको हो ।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।
यसअघि सोही दिन लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन र भारतका विदेशमन्त्री एस जयशंकरसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
लामिछाने हिजो मात्र भारत भ्रमणका लागि प्रस्थान गरेका हुन् ।