Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने पुगे भाजपा कार्यालय, बाजागाजासहित पुष्पवर्षाले स्वागत

रवि लामिछाने पुगे भाजपा कार्यालय, बाजागाजासहित पुष्पवर्षाले स्वागत

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् ।

भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा गएका सभापति लामिछाने भाजपा मुख्यालय पुग्दा बाजागाजासहित पुष्पवर्षा गराएर स्वागत गरिएको छ ।

भाजपा अध्यक्ष नवीनलगायतका पदाधिकारीले सभापति लामिछानेलाई स्वागत गरेका हुन् ।

मुख्यालयको अवलोकन गरेपछि भाजपा अध्यक्ष नवीनसँग सभापति लामिछानेले दुई पक्षीय भेटवार्ता गरेका छन् ।

भाजपाकै मुख्यालयमा भारतीय विदेशमन्त्री एस.जयशंकारसँग भेटघाट हुने बताइएको छ । आजै भाजपाको मुख्यालयले रविको नाममा रात्रिभोजको आयोजना गर्ने बताइएको छ । 

सोमबार सभापति लामिछाने नेतृत्वको टोलीलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले स्वागत गरेका थिए।

फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुन लागेको यो पहिलो विदेश भ्रमण हो ।

लामिछानेको भ्रमण टोलीमा लामिछाने पत्नी निकिता पौडेलसहित स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077