Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मलेसियाविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

मलेसियाविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

शनिवार , जेठ १६, २०८३

काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दैछ। 

शनिबार मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर घरेलु टोलीलाई फिल्डिङको निम्तो दिएको हो। 

नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको हो। मलेसिया भने समूह एको उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो। 

नेपालको राष्ट्रिय महिला क्रिकेट टोली आजको खेलमा विजयी भए फाइनलमा पुग्दै यही वर्ष जापानमा हुने एसियाली खेलकुदका लागि छनोट हुनेछ। 

आज हारे पनि नेपालले एसियाली खेलकुदमा स्थान बनाउन थप एक मौका पाउनेछ। समूह चरणको पहिलो खेलमा नेपालले चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको थियो ।

 

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077