Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

विपक्षीलाई चेतावनी दिँदै अर्थमन्त्रीले भने- तपाईँहरुका काण्डबारे हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन्

विपक्षीलाई चेतावनी दिँदै अर्थमन्त्रीले भने- तपाईँहरुका काण्डबारे हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन्

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर आरोपमा सदनबाट जवाफ दिएका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले आफूमाथि लागेका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गरेका छन् ।

आफूमाथि लागेको आरोपको खण्डन गर्दै उनले भने- 'अहिलेको स्वर्णिम वाग्लेले कुटु–कुटु अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोस्यो । भन्ने खालका कुरा पनि सुनिए । एक-दुईवटा खोस्टाहरूले २ अर्बको आशंका इत्यादि भनेर लेखे । तर २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु । '

अर्थ मन्त्रालयमा बसेर करका दरमार्फत निश्चित व्यापारीलाई पोसेको भन्ने आरोपको खण्डन गर्दै उनले आफूमाथि लागेको २ अर्बको आशङ्का निराधार रहेको बताएका छन् ।

सुशासनको कठोर प्रतिवद्धतासहित आएको दुई महिनामै जनतालाई धोका दिन नसकिने उनले जिकिर गरेका छन् ।

साथै उनले आफूमाथि औंलो ठड्याउने सांसदहरूलाई पनि नैतिक उचाइ कायम राख्न चेतावनी दिएका छन् ।

सांसदहरूका पुराना काण्डहरू समेत सार्वजनिक हुने चेतावनी दिँदै उनले थप भने- 'यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउनेहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईँका काण्डबारे हामी अनभिज्ञ छैनौं  ररु ती पनि खुल्नेछन्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077