Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

अर्थमन्त्री वाग्लेको चुनौती- सवारीसम्बन्धी करको सूचना चुहावट गरेको प्रमाणित भए सार्वजनिक जीवन नै त्यागिदिन्छु

अर्थमन्त्री वाग्लेको चुनौती- सवारीसम्बन्धी करको सूचना चुहावट गरेको प्रमाणित भए सार्वजनिक जीवन नै त्यागिदिन्छु

'दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्'

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसम्बन्धी कर निर्धारणको सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् । 

बिहीबार बसेको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् 

उनले नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताए। 

'दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस् । म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,  भावुक हुँदै उनले भने । 

अर्थमन्त्रीले बुधबार पनि प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी छलफलमा बोल्दै करको दर हेरफेर सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाह र आफूमाथि नियोजित रूपमा आक्रमण भइरहेको दाबी गरेका थिए ।

सरकारले नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्नमाथि छानबिन गरिरहेको अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको उनको दाबी थियो ।

यसअघि नै जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक अगाडि सारेपछि यो विषयले राजनीतिक वृत्तमा बहस उत्पन्न गरेको छ। 

अर्थमन्त्री डा. वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए ।

उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ छ ।

विधेयकका केही पृष्ठ तथा करसम्बन्धी प्रावधानमा परिवर्तन गरिएको भन्दै विभिन्न दल तथा समूहहरूले सरकारको आलोचना गर्दै आएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077