Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

ज्ञानेन्द्र शाहीले सदनमै भने– करका दर हेरफेरबारे अर्थमन्त्रीले झुट बोले

ज्ञानेन्द्र शाहीले सदनमै भने– करका दर हेरफेरबारे अर्थमन्त्रीले झुट बोले

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर छलीका विषयमा झुट बोलेको दाबी गरेका हुन् ।

'भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीलेसम्म संसदीय समितिमा गएर झुट बोल्नुभएको छ । हामीले संसदीय छानबिन माग गरेको रहरका लागि होइन,' प्रतिनिधिसभामा उनले भने ।

उनले बजेट निर्माणका क्रममा करका दर हेरफेरलाई राजद्रोहको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन् । 

बुधबारको बैठकमा पनि उनले यस विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077