Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दरबार हत्याकाण्डमा राष्ट्रपति रामचन्द्र पौडेलको बयान लिन ज्ञानेन्द्र शाहीको माग

दरबार हत्याकाण्डमा राष्ट्रपति रामचन्द्र पौडेलको बयान लिन ज्ञानेन्द्र शाहीको माग

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा तत्कालिन गृहमन्त्री तथा हालका राष्ट्रपति रामचन्द्र पौडेलको बयान लिनुपर्ने माग गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राष्ट्रपति माथि नै अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् । 

उनले भनेका छन्–‘नेपाल सरकारलाई मेरो विनम्र अपिल छ। दरबार हत्याकाण्ड भएको समयमा देशका गृहमन्त्री रहनुभएका व्यक्ति आज राष्ट्रपतिको जिम्मेवारीमा हुनुहुन्छ। 

त्यस समयको परिस्थितिबारे उहाँसँग महत्त्वपूर्ण जानकारी, अनुभव वा दृष्टिकोण हुन सक्ने भएकाले सत्यतथ्य पत्ता लगाउने उद्देश्यले उहाँको बयान लिने, आवश्यक जानकारी माग्ने वा छानबिन प्रक्रियामा सहयोग गर्न अनुरोध गर्ने विषयमा सम्बन्धित निकायले विचार गरोस्।’
उनले राजपरिवारले नै न्याय नपाएको देशमा गरिब, निमुखा र दुःखी जनताले कसरी न्याय पाउनु ? भन्दै प्रश्न समेत गरेका छन् । 

यस्तो छ शाहीको फेसबुक स्टाटस
हामी न्याय खोजिरहेका छौँ। राजपरिवारले न्याय नपाएको देशमा के गरिब, दुःखी र निमुखा जनताले न्याय पाउँथे र ?

श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव तथा दरबार हत्याकाण्डमा दिवंगत सम्पूर्ण राजपरिवारप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।

नेपाल सरकारलाई मेरो विनम्र अपिल छ। दरबार हत्याकाण्ड भएको समयमा देशका गृहमन्त्री रहनुभएका व्यक्ति आज राष्ट्रपतिको जिम्मेवारीमा हुनुहुन्छ। त्यस समयको परिस्थितिबारे उहाँसँग महत्त्वपूर्ण जानकारी, अनुभव वा दृष्टिकोण हुन सक्ने भएकाले सत्यतथ्य पत्ता लगाउने उद्देश्यले उहाँको बयान लिने, आवश्यक जानकारी माग्ने वा छानबिन प्रक्रियामा सहयोग गर्न अनुरोध गर्ने विषयमा सम्बन्धित निकायले विचार गरोस्।

दरबार हत्याकाण्ड कसले गर्यो भन्ने प्रश्न आज पनि धेरै नेपाली जनताको मनमा जीवित छ। त्यसैले यस घटनाको निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय छानबिन गरियोस् भन्ने मेरो जोडदार माग छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077