Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने - संसद् छलेर होइन, सहकार्य गरेर अघि बढ्नुस्

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने - संसद् छलेर होइन, सहकार्य गरेर अघि बढ्नुस्

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले संसद् छल्दै अध्यादेश सिफारिस गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।

राप्रपा संसदीय दलका नेता शाहीले संसदीय अभ्यासलाई बेवास्ता गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्नु प्रजातान्त्रिक मूल्य र संसदीय परम्पराविपरीत भएको बताएका छन् ।

उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सहकार्य र सहमतिका आधारमा अघि बढ्न सुझाव दिएका हुन् ।

उनका अनुसार सरकारसँग संसद्मा झण्डै दुईतिहाइ बहुमत रहेकाले प्रस्तावित विधेयक सहजै पारित गर्न सकिने अवस्था हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु उचित होइन ।

'संसदलाई छलेर होइन, सहकार्य गरेर अगाडि बढ्नुहोस्,' शाहीले भने, 'यस्ता गतिविधिले दीर्घकालमा स्वयं प्रधानमन्त्रीलाई नै अप्ठ्यारो पार्न सक्छ।'

शाहीले अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति अन्त्य गरी विधेयक संसद्बाटै अघि बढाउन आग्रह गरेका छन् ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077