Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिकटकर तुलसा अधिकारी विरूद्धको थुनछेक बहस जारी, आजै आदेश आउन सक्ने

टिकटकर तुलसा अधिकारी विरूद्धको थुनछेक बहस जारी, आजै आदेश आउन सक्ने

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारी विरुद्ध दायर आपराधिक मुद्दामा जिल्ला अदालत ललितपुरमा थुनछेक बहस जारी छ। 

जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासमा थुनछेक बहस प्रारम्भ भएको हो। 

बुधबार अधिकारीको बयानपछि भएको थुनछेक बहस नसकिएपछि सोही मुद्दामा बिहीबार पनि सुनुवाइ निरन्तर भइरहेको छ।
बहस प्रक्रिया पहिलो दिनमै निष्कर्षमा नपुगेपछि उनलाई हिरासतमा राखिएको थियो। 

अदालत स्रोतका अनुसार आज सरकारी पक्षबाट बहस प्रस्तुत गरिनेछ भने त्यसपछि प्रतिवादीका कानुन व्यवसायीहरूले आफ्नो पक्ष राख्नेछन्। बहस प्रक्रिया सम्पन्न भएमा अदालतबाट थुनछेकपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा तारेखमा रिहा गर्ने विषयमा आदेश जारी गर्ने छ।

प्रतिवादी अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर गत शनिबार राति काठमाडौं ल्याइएको थियो । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ। 

एक व्यवसायीले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले गत चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन्।

अनुसन्धानका क्रममा अधिकारीसँग सम्बन्धित करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको दाबी अभियोजन पक्षको छ। 

उनी २०८२ भदौयता फरार रहेको र चीन हुँदै थाइल्यान्ड पुगेको अवस्थामा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको समन्वयमा पक्राउ परेकी थिइन्। 

यता अधिकारीले भने आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै आएकी छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077