Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोल्यान समूह पनि तानियो सिआईबी अनुसन्धानमा

गोल्यान समूह पनि तानियो सिआईबी अनुसन्धानमा

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । पब्लिक कम्पनीको पैसा अपचलन गरी शेयर बजारमा चलखेल गरेको घटनामा गोल्यान समूह पनि छानबिनमा तानिएको छ ।

दीपक भट्ट र शंकर समूहको वित्तिय अपराधमा गोल्यान परिवारको पनि संलग्नता भेटिएको छ । सिआइबीले गोल्यान समूहकी लतिका अग्रवाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको हो ।

उनी नेपाल माइक्रो इन्स्योरेन्सकी सञ्चालक हुन्। उनीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ। सञ्चालक समितिको समेत मिलेमतोमा सो कम्पनीको पैसा दीपक भट्टले व्यक्तिगत रुपमा प्रयोग गरेका थिए।

भट्टले नेपाल रिइन्स्योरेन्स लगायत कम्पनी नीतिगत भ्रष्टाचार गरी हत्याएका थिए। जसमा उनले शंकर ग्रुपसहित नेपालका प्रमुख व्यापारिक घरानालाई पनि साथमा लिएका थिए। भट्टको प्रभावमा परेका ती व्यवसायीहरू हाल धमाधम छानबिनमा तानिएका हुन्। 

शंकर ग्रुपका सुलभ  अग्रवाल त दुई महिनादेखि थुनामै छन्। शेखर गोल्छा एक साता थुनामा बसेर हाजिरी जमानीमा छुटेका छन्। गोल्यान समूह लगायत अन्य धेरै व्यापारिक घरानाको यस प्रकरणले भागाभाग भएको छ। 

भट्ट र उनको समूहले गरेको अरबौंको वित्तिय अपराधको अनुसन्धान सकेर सरकारी वकिलमा फाइल पुगिसकेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सिआइबीले गरेको अनुसन्धानमा चार वटा मुद्दा दायर हुन लागेको हो ।

सम्पत्ति शुद्धीकरणसहित बिमासम्बन्धि कसुर, धितोपत्रसम्बन्धि कसुर तथा बैंकिङ कसुरमा मुद्दा दायरको तयारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077