बाजुरा । बाजुरामा एक युवकको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगरपालिका–६, कोटिला निवासी ३२ वर्षीय निर रावतको बुधबार राति हत्या गरिएको हो ।
आपसी विवादका क्रममा १९ वर्षीय टेकेन्द्र रावतले ढुंगा प्रहार गरी निर रावतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले जानकारी दिइन् ।
उनलाई इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले राति नै पक्राउ गरेको छ । प्रहरीका अनुसार मृतक र आरोपी नातेदार रहेको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।