दैलेख । दैलेखमा पारिवारिक विवादले भयावह रूप लिँदा बाबुको आक्रमणबाट आफ्नै छोराको ज्यान गएको छ ।
जिल्लाको नारायण नगरपालिका–९ सालखर्क निवासी ७३ वर्षीय कविराज थापाले मंगलबार राति ४४ वर्षीय छोरा यादव थापामाथि हँसिया प्रहार गरेका हुन्।
घटनामा गम्भीर घाइते भएका यादवको उपचारका लागि दैलेख अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार पारिवारिक विवादका क्रममा कविराजले यादवको गर्धन, पाखुरा तथा शरीरका विभिन्न भागमा हँसियाले प्रहार गरेका थिए। अत्यधिक रक्तस्रावका कारण उनको अवस्था गम्भीर बनेको थियो।
घटनापछि प्रहरीले आरोपित कविराज थापालाई सोही रात नियन्त्रणमा लिएको छ। प्रारम्भिक जानकारीअनुसार मृतक यादव थापा नेपाली सेनाका सेवानिवृत्त व्यक्ति हुन्।
घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। प